१ जेठ,काठमाडौं । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. १५ स्थित रातोमाटे चेकप्वाइन्टमा चेकजाँचका क्रममा बिरगंजबाट हेटौंडातर्फ जाँदै गरेको म १ प २१८ नम्बरको पर्यटक बसमा सवार पर्सा, बिरगंज महानगरपालिका वडा नं. ५ निवासी २० वर्षीय करण राय र २९ वर्षीय उपेन्द्र रायभरलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार शंका लागेपछि उनीहरूलाई बसबाट ओरालेर खानतलासी गर्दा करण रायले बोकेको झोलाभित्र भिवाे लेखिएको मोबाइल चार्जरमा लुकाइएको १८ ग्राम १५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषध फेला परेको थियो।
बरामद लागूऔषधसहित राय र रायभरलाई नियन्त्रणमा लिई लागूऔषध कसुरमा जिल्ला अदालत मकवानपुरबाट पाँच दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।