• ट्रेण्डिङ :

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

cnewsnepal

बुधबार, बैशाख १० २०८२
पढ्न लाग्ने समय: < ३ मिनेट


काठमाडौं, १० वैशाख । देशका विभिन्न जिल्लाबाट प्रहरीले एकैदिन अवैध लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो तथा विभिन्न जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार विशेष सूचनाका आधारमा देशका विभिन्न स्थानमा छापा मार्दै लागूऔषधसहित व्यक्तिहरूलाई पक्राउ गरेको हो।

सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडिबाट खैरो हेरोइन जस्तो देखिने ९.६६ ग्राम लागूऔषधसहित ओखलढुङ्गा चिशंखुगढी–४ का राजन बास्तोला (२७), सुनसरीका अनोज कुमार उराव (२०), अनोज रूपेश कुमार यादव (२५), मो. समिर खान (२०) र राजेश पुरी (२०) लाई प्रहरीले पक्राउ गरेको हो।

धनकुटा नगरपालिका–७ त्रिवेणीस्थित अन्जना तामाङको घरबाट स्पासरेस्ट ४५ ट्याब्लेट, ट्रामाडोल २५५ ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट बरामद गरी अन्जना तामाङ (५३) र मनिस धामी (२२) लाई नियन्त्रणमा लिइएको हो।

त्यसैगरी, धनकुटा नगरपालिका–७ कै ओम तामाङको घरबाट प्रहरीले स्पासरेस्ट २५५ ट्याब्लेट, ट्रामाडोल ९० ट्याब्लेट, स्पास्पेन ३ ट्याब्लेट र स्पासमिड ७ ट्याब्लेट फेला पारेर उनलाई पक्राउ गरेको छ।

धनकुटा, साँगुरीगढी गाउँपालिका–७ लेउती खोलाबाट अबि तामाङ (२०) लाई करिब २० किलोग्राम गाँजासहित मोटरसाइकलमा यात्रा गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।

धनुषा, विदेह नगरपालिका–१ बाट ब्राउनसुगर जस्तो देखिने करिब १२ ग्राम लागूऔषधसहित जनकपुरधाम–८ का ओमराज शर्मा (२४) र महोत्तरी लोहरपट्टी–७ का रूपेश कुमार ठाकुर (२३) पक्राउ परेका छन्।

काभ्रे, नमोबुद्ध नगरपालिका–७ नौबिसेबाट ट्रामाडोल १८७ ट्याब्लेट, नाईट्राजेपाम ६३ एम्पुल, डाईजेपाम २ एम्पुल, नोर्फिन २ एम्पुल र करिब २०० ग्राम गाँजासहित भक्तपुर बोडे बस्ने प्रदिप दर्जी (२२) लगायत ३ जना पक्राउ परेका छन्।

कैलाली, कैलारी गाउँपालिका–१ हसुलियाबाट खैरो हेरोइन जस्तो देखिने २.६९ ग्राम पदार्थसहित आशिष कुमार चौधरी (२३) र अजय रसायली (२७) पक्राउ परेका छन्।

दाङ, लमही नगरपालिका–५ लमही बसपार्कबाट ब्राउनसुगर १.१५ ग्रामसहित दिपेश चौधरी (२४) र राजु थापा (२३) पक्राउ परेका छन्।

कञ्चनपुर, भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट खैरो हेरोइन जस्तो देखिने १.९२ ग्रामसहित अजय घिमिरे (२७) पक्राउ परेका छन्।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका–९ बाट ब्राउनसुगर २.३१ ग्रामसहित महेश लामिछाने (३३) र अमन सुनार (२६) पक्राउ परेका छन्। उनीहरूको होटलको कोठा तथा मोटरसाइकलको भाइजरमा लागूऔषध लुकाइएको अवस्थामा फेला परेको हो।

त्यसैगरी, रूपन्देही, ओमसतिया गाउँपालिका–१ बालापुरबाट गाँजा करिब ५.३ किलो र डिजिटल तराजु १ थानसहित रिन्कु हरिजन (२५) लाई पक्राउ गरिएको छ।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा राखिएको र लागूऔषध कारोबारमा संलग्न थप व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार