• ट्रेण्डिङ :

ईलाका प्रहरी कार्यालय मनहरीले ५ किलो लागुऔषध अफिम सहित मोटरसाईकल बरामद

ईलाका प्रहरी कार्यालय मनहरीले ५ किलो लागुऔषध अफिम सहित मोटरसाईकल बरामद

cnewsnepal

बिहिबार, चैत्र ३ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


३ चैत, काठमाडौ । ईलाका प्रहरी कार्यालय मनहरी अबैध लागुऔषध अफिस सहित पलसर माेटसाईकल बरामद गरेकाे छ ।

प्रहरीले मकवनापुर जिल्लाको कैलाश गाउँपालिका वडा नं. ७ रतुवा स्थित भित्री ग्रामिण सडकखण्डमा चेकजाँच गर्न खाेज्दा माेटरसाईक चालक झाेला छाेडर फरार भएका हुन् ।

ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार झोला खानतलासी गर्दा झाैला भित्र रहेको ५ किलो अफिम प्रहरीले बरामद गरेको बताए ।

प्रहरी निरीक्षक थापाका अनुसार झाेलावाट थप नगद एकलाख समेत फेला परेको छ ।

सवारीसाधन र उक्त लागुऔषध अफिम बरामद गरी थप अनुसन्धान भईरहेको साथै फरार रहेका ब्यक्तिको खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार