साउन ११ काठमाडौ । एसिड आक्रमण मा परि सख्त घाइते भएकि पबित्रा कार्की को स्वास्थ स्थितिको जानकारी लिदै शिघ्रस्वस्थ लाभको कामना र स्वास्थ उपचार मा सरकार को पुर्ण सहयोग रहने बताएका छन् ।

पीडित पबित्रा कार्की
आज घाइते कार्की को किर्तिपुर स्थित किर्तिपुर अस्पताल मा पुगेर स्वास्थ अबस्थाको जानकारी लिदै स्वस्थमन्त्री भानुभक्त ढकालले उक्तकुरा बताए का हुन् अपरधि लाई कानुनी कठघरामा उभ्याएर पीडित लाई न्याय दिन पनि सरकार ले कुनैकसर बाकी नराख्ने बताए ।
भेटका क्रममा ओखलढुङा का प्रतिनिधिसभा संसद यज्ञराज सुनुवार ले दु:खद घटना प्रती दुख व्यक्त गर्दै यस्ता क्रूर र अमानवीय घटना घटाउने जो कोहिलाई कानुनी दायरा मा ल्याएर घटना दोहोरिन नदिन आफुहरु जिम्मेवार ढंगले लाग्ने बताए ।
यस्तै गरि प्रतिनिधिसभा महिला तथा सामाजिक बिकास समिति सभापति निरुदेबी पाल,संसदहरु गङ्गा चौधरी ,अमृता थापा ,बिमला नेपाली, पुर्ब संसद सीता पौडेल लगायत ले महिला माथी हुने यस्ता किसिम को जघन्य अपरधि लाई कडाभन्दा कडा सजायका लागि सिङ्गो समाज एकजुट हुनुपर्ने बताए ।
पीडित कार्किको स्वस्थ्य अवस्था बुझ्दै अनेरास्ववियु केन्द्रिय सदस्यद्वय दिपक फुयाल,अस्मिता थापा, ओखलढुंगा सरोकार समाज का अध्यक्ष सुजन घिमिरे,सचीव निराजन खतिवडा लगायत युवा बिद्यार्थीहरु ले घटना को निन्दा गर्दै दोषीलाई हदैसम्म को कार्बाही गरि पीडितलाई न्याय र निशुल्क उपचार का लागि सरकारसग माग गरेका छन्।
ओखलढुंगा चम्पादेबि गाउपाँलिका स्थायी ठेगाना भई काठमाडौ बाफल बस्ने २२ वर्षिय कार्की लाई गत शुक्रबार साझको समयमा सामान किन्न जाने क्रममा एक परिचीत ब्याक्ती को संलग्नतामा मा एसिड आक्रमण भएको थियो उनको अनुहारको एक पाटो जलेको छ ।
माक्स लगाएका कारण अनुहारमा पुर्णक्षती बाट जोगिएको पीडित का आफन्त गौरब थापाले बताए उनको उपचार किर्तिपुर स्थित किर्तिपुर अस्पतालमा भैरहेको छ पीडित को अवस्था खतरामुक्त रहेको अस्पतालस्रोतले