२१ कात्तिक, काठमाडौं । प्रहरले कपन सरस्वतीनगरबाट नक्कली नोट सहित १ जना पक्राउ गरेको छ ।
प्रहरी प्रभाग कपनले सरस्वतीनगर नजिक नक्कली नोटको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेको नाउ भने थप अनुसन्धानका लागि खुलाएको छैन् ।
प्रहरीले पक्राउ गरेको व्यक्तिवाट नक्कली पैसा फोटोकपी गर्ने मेसिन थान १ ,डिजिटल सानो तराजु थान १ ,मोबाईल थान २,नक्कली नोट रु १,०००।– लेखिएको नोट थान २२५,नक्कली नोट सटही गरि राखिएको नेपाली नोट नगद रु, २६,८००।– , ल्यापट थान १,पैसा छाप्न प्रयोग हुने मसिको बट्टा थान ४ बरामद गरेको जनाएको छ ।
पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाईएको छ ।