• ट्रेण्डिङ :

करोड ५० लाख जरिबाना भएका फरार प्रतिवादी अमित अग्रवाल काठमाडौंको स्वयम्भूबाट पक्राउ

करोड ५० लाख जरिबाना भएका फरार प्रतिवादी अमित अग्रवाल काठमाडौंको स्वयम्भूबाट पक्राउ

cnewsnepal

मंगलबार, बैशाख २३ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२३ वैशाख , काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका अमित अग्रवाललाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–३० बसोबास गर्दै आएका ४७ वर्षीय अग्रवाललाई  स्वयम्भू क्षेत्रबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, अग्रवाललाई काठमाडौं जिल्ला अदालतले मिति २०८०/०२/२२ मा बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र १ करोड ५० लाख रुपैयाँ जरिबाना गरेको थियो।

साथै, २०८०/०३/२१ मा चेक अनादर मुद्दामा ३ हजार रुपैयाँ र २०८०/११/२४ मा थप दुई वटा चेक अनादर मुद्दामा क्रमशः २-२ हजार रुपैयाँ जरिबाना गरिएको थियो।

फरार अभियुक्तको खोजतलास गरी अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा अग्रवाललाई नियन्त्रणमा लिइएको सूचना अधिकारी प्रहरी उपरीक्षक (प्र.उ.) अपील राज बोहराले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार