२० फागुन,काठमाडौँ । प्रहरीले कर्तव्य ज्यान गरी फरार रहेका भक्तपुरका सन्तोष सुवाललाई पक्राउ गरेको छ ।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय तेह्रथुम घर भई हाल भक्तपुर बस्दै आएका बर्ष ३३ का गोपाल ढकाललाई पक्राउ गरेकाे हाे ।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी साेमेन्द्र सिंह राठौरले सूर्यविनायक जङ्गलमा रु दुई लाख लिई आउनु भनी बोलाएर ढकालको हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको बताए ।
ढकालको शव गत फागुन ११ गते सुर्यबिनायक स्थित रोधन बस्नेतको गोठमा फेला परेको थियो ।सुवाललाई काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका ६ बाट शनिबार पक्राउ गरिएको हो । मृतकको मोबाइलसहित पक्राउ परेका सुवाललाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जगाती पठाइएको छ।