• ट्रेण्डिङ :

कवाडी बाेक्ने ट्रक भित्र ६ सय २० किलो गाँजा, ट्रक चालक पक्राउ

कवाडी बाेक्ने ट्रक भित्र ६ सय २० किलो गाँजा, ट्रक चालक पक्राउ

cnewsnepal

मंगलबार, फाल्गुन १५ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


१५ु फागुन,धादिङ । धादिङ प्रहरीले ठुलो परिणामको लागु औषध गाँजासहित ट्रक चालक पक्राउ गरेकाे छ ।

प्रहरी उपरीक्षक गाैतम केसीकाे कमान्डमा खटिएकाे टाेलीले भारि मात्रामा लागुऔषध गाँजा सहित ट्रक चालकलाई नियन्त्रणमा लिएकाे हाे ।


गजुरी गाउँपालिका-२ स्थित सडकबाट अवैध लागु औषध गाँजा ६ सय २० किलो ४४ ग्रामसहित सर्लाही लालबन्दी नगरपालिका-७ बस्ने ३० वर्षीय सन्तोष कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको धादिङ जिल्ला प्रमुख प्रहरी उपरीक्षक गाैतम केसीले बताए ।

प्रहरीले मधेस प्रदेश ०३-००१ ख ८३०९ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा कवाडीको समानभित्र लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक साहलाई पक्राउ गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । पक्राउ परेका शाहा विरूद्ध लागु औषध नियन्त्रण ऐन २०३३ काे परिच्छेद ३ काे दफा १४ काे उपदफा १ (घ) अनुसार गाँजा खरिदबिक्री पैठारी,निकासी लगायत कानुन अनुसार २ बर्ष देखि १० वर्ष कैद र १५ हजार देखि १ लाख सम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार