• ट्रेण्डिङ :

कालीमाटी प्रहरीको छापा लाखौं मुल्य बराबरकाे सामग्री सहित दुई पक्राउ

कालीमाटी प्रहरीको छापा लाखौं मुल्य बराबरकाे सामग्री सहित दुई पक्राउ

cnewsnepal

बुधबार, माघ ११ २०७९
पढ्न लाग्ने समय: < २ मिनेट


११ माघ, काठमाडौं । प्रहरीले राजस्व छलीका सामानसहित २ जना व्यक्तिहरुलाई पक्राउ गरेकाे छ ।

प्रहरी बृत्त कालीमाटीकाे टाेलीले काठमाडौं महानगरपालिका १४ कुलेश्वरबाट सामान सहित दुई जनालाई पक्राउ गरेकाे हाे ।

प्रहरी स्राेत अनुसार चुन्निपाखा स्थित न्यू एच.एन. इण्टरप्राइजेजले राजस्व छलीका लत्ता कपडा तथा हार्डवयर सामानहरु लुकाई छिपाई राखेको भन्ने सूचना अाधारमा छापा मार्दा सामान सहित दुई जनालाई पक्राउ गरेकाे जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला रौतहट यमुनामाई गा.पा. वडा नं. ८ स्थायी घर हुने वर्ष ३४ को सलाहुदिन अन्सारी र भारत बिहार राज्य, सीतामढी जिल्ला स्थायी घर हुने वर्ष ५० को एहसान अहमद छन् ।

प्रहरीले लुकाईछिपाई राखेकाे गाेदामबाट बिभिन्न कम्पनिका जुत्ता,बिभिन्न ब्राण्डका लत्ता कपडा,बिभिन्न रङको कुर्ता सुरुवालको कपडा रोल २०८ थान ,बिभिन्न पर्दाको कपडा ३३ रोल (३१४२ मिटर), महिलाले लगाउने कपडा १९० थान,५ के.जि. दरको डाउन प्वाँख ६ बोरा,बिभिन्न ब्राण्डका हार्डवेयरका सामानहरु बरामद गरेकाे छ ।

प्रहरीले बरामद गरेकाे ती बस्तुहरूकाे अन्दाजी छैसठ्ठी लाख आठ हजार चार सय पचास बराबरको सामाग्री रहेकाे बताएको छ ।

पक्राउ गरेकाे सामग्री र व्यक्तिलाई प्रहरीले राजस्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार