• ट्रेण्डिङ :

किशोरीलाई काम लगाउन पोखरा भन्दै भारत बेच्न लैजाने जेल चलान

किशोरीलाई काम लगाउन पोखरा भन्दै भारत बेच्न लैजाने जेल चलान

cnewsnepal

आइतबार, असार २४ २०८१
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । होटलमा काम लगाउन पोखरा भन्दै किशोरीलाई भारत बेच्न लैजाने तीनजना जेल चलान भएका छन् । कारागार चलान हुनेहरूमा सम्बरबहादुर तामाङ, इन्दिरा कटुवाल र डिल्लीबहादुर तामाङ छन् ।

उनीहरूले आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई पोखराको होटलमा वेटरको काम लगाइदिने भन्दै झुक्याएर बेच्ने उद्देश्यले भारतर्फत लगिएको भन्दै ललितपुरबाट पक्राउ गरिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको आइतबारको इजलासले सम्बरबहादुर र इन्दिरालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

डिल्लीबहादुरलाई भने २ लाख धरौटीमा छाड्न आदेश दिइएको थियो । तर, धरौटी बुझाउन नसकेपछि डिल्लीबहादुरसहित तीनै जनालाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

श्रीमती बेचेपछि १० वर्ष जेल बसेर छुटेका सम्बरबहादुर उही धन्दामा, पोखरा भन्दै भारत लग्दै थिए किशोरी

सम्बरबहादुर तामाङ जेठ २६ गते ललितपुरको चापागाउँबाट पक्राउ परेका थिए । पीडित किशोरीको उद्धार गरिएको थियो । भोलिपल्ट इन्दिरा कटुवाल पक्राउ परेकी थिइन् । डिल्लीबहादुर तामाङ पछि पक्राउ परेका थिए ।

किशोरीलाई भारत लैजानको लागि सुनाकोठी, चापागाउँ र लेले हुँदै हेटौँडा जाने बाटो प्रयोग गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा ब्युरो र प्रहरी वृत्त चापागाउँ सँगको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको थियो ।

किशोरीको कमजोर आर्थिक अवस्थाको फाइदा उठाई नजिकको नातेदारलाई प्रयोग गरी सम्झाइबुझाई गर्न लगाएर विश्वासमा पारेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार