कैलाली, १३ मंसिर । घोडाघोडी नगरपालिका(२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट गएराति मृत्यु भएको छ ।
कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका(९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
लम्कीचुहा नगरपालिका(९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई,विवेक लगायतका व्यक्तिहरूले कुटपिट गर्दा गम्भीर घाइते भई उपचारको लागि लालरत्न अस्पताल हुँदै टिकापुर अस्पताल कैलाली लगिएकोमा थप उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार