• ट्रेण्डिङ :

कोकिनसहित नागढुङ्गाबाट २ जना भारतीय नागरिक पक्राउ

कोकिनसहित नागढुङ्गाबाट २ जना भारतीय नागरिक पक्राउ

cnewsnepal

शुक्रबार, कार्तिक २४ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


राेसन दानी २४,कात्तिक,काठमाडौं । प्रहरी प्रभाग नागढुङ्गाले लागु औषध कोकिनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागु औषध कोकिनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

काठमाडौं प्रहरीका अनुसार ४७ ग्राम २७ मिलिग्राम कोकिनसहित २ जनालाई बिहीबार दिउँसो चेकिङकाे क्रममा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत हरियाणा घर भएका ३३ वर्षीय जोगेन्द्र सिंह र भारत उत्तर प्रदेश मैनपुरी घर भएका ३० वर्षीय विरेश चन्द्रा रहेका छन्।

प्रहरीले सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ज ३२१८ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरूलाई काेकिन सहित नियन्त्रणमा लिई थानकोट पठाएको जनाएको छ । पक्राउ परेका दुई जनालाई लागु औषध एेन २०३३ अन्तर्गत मुद्दा चलाईने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार