• ट्रेण्डिङ :

खाेटाङमा आफ्नै दाजु तथा काकाको हत्या गर्ने हत्यारा पक्राउ

खाेटाङमा आफ्नै दाजु तथा काकाको हत्या गर्ने हत्यारा पक्राउ

cnewsnepal

बिहिबार, भाद्र १० २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


१० भदौ काठमाडौ ।खाेटाङमा आफ्नै दाजु र काकाको हत्या गरेकाे अभियाेगमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ ।

खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा. वडा नं. ३ बाम्राङ काँढे टोल बस्ने बर्ष ३३ को गिरीराज थापाकाे हत्या गरेकाे अभियाेगमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय खाटाङका प्रहरी प्रमुख उमेश लम्सालका अनुसार घरायसी झगडा, दाजु भाईको बिचमा रहेको मनमुटावको कारणले गर्दा सहोदर भाई खोटाङ रुपाकोट मझुवागढी न.पा. वडा नं. ३ बाम्राङ काँढे टोल बस्ने
२३ बर्षिय नारायण थापा तथा साेहि बस्ने भतिजो नाता पर्ने बर्ष १५ को बालक रहेकाे बताए ।

प्रहरी नायव उपरीक्षक लम्सालले भने,”गिरीराज थापाकाे पटक पटक घरमा झैझगडा गर्ने,मनमुटाव गर्ने र हैरान बनाएपछि याेजनाबद्द तवरले हत्या गरेकाे स्विकारे ।”

दुई अभियुक्तले साेही स्थानमा सुर्य बहादुर थापाको सल्लाघारीमा मृत अवस्थामा फेला पारी घरमा ल्याई राखेको भनेर प्रहरीलाई खवर गरेका थिए ।

प्रहरीले टेलिफोनबाट जानकारी प्राप्त हुन साथ तत्काल खाेटाङ प्रहरी कार्यालय प्रमुख लम्साल सहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियाे ।

प्रहरीले सावित मृत्यु नभई हत्या नै हाे भने निष्कर्षमा पुगेपछि
मृतकको शवकाे घाँटीमा निल डाँम देखेपछि सुक्ष्म रुपमा अनुसन्धान गर्दै आफ्नै भाइ र काका पर्ने दुईलाई नियन्त्रणमा लिन सफल भएकाे प्रहरीले जनाएको छ ।

साँझ मुडेबाट घर तर्फ आउने क्रममा स्थानिय सुर्य बहादुर थापाको सल्ला घारी छेउ आई पुग्दा उक्त स्थानमा रहेको भोटे पिपलको रुखमा भैंसी बाँध्ने नाईलनको डोरीले घाँटीमा बाँधी कर्तब्य गरेको उनिहरूले स्विकारेका छन् ।

घटनामा प्रयोग गरिएको डोरी सहित उनीहरुलाई कानून बमोजिम पक्राउ गरी खोटाङ जिल्ला अदालतबाट ५ (पाँच) दिनको म्याद लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार