• ट्रेण्डिङ :

खैरो हेरोईनसहित कैलालीमा २ युवक पक्राउ

खैरो हेरोईनसहित कैलालीमा २ युवक पक्राउ

cnewsnepal

बुधबार, असोज २३ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


धनगढीः खैरो हेरोईनसहित कैलालीमा २ युवक पक्राउ परेका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–७ लहानुचोकका दिपक धामीको खाली घरको कोठामा बसिरहेको अवस्थामा चेक–जाँच गर्दा गौरीगंगा नगरपालिका–८ बस्ने २६ वर्षीय रुपेन्द्र कलेल र गौरीगंगा नगरपालिका–८ लिक्मा बस्ने २६ वर्षीय पदमबहादुर कलेल मंगलवार पक्राउ परेका हुन्।

कलेलले सोही कोठामा लुकाई राखेको २ ग्राम ३५१ मिलिग्राम खैरो हेरोईन र नाप तौल गर्ने तराजु बरामद गरी दुबै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार