• ट्रेण्डिङ :

गेटबाट फरार थुनुवा असन यटखाबाट पक्राउ

गेटबाट फरार थुनुवा असन यटखाबाट पक्राउ

cnewsnepal

बुधबार, जेष्ठ ७ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


७ जेठ, काठमाडौं । जिल्ला प्रहरी परिसर, भद्रकाली लाने क्रममा गेटबाट फरार भएका थुनुवा असन यटखाबाट पक्राउ परेका छन्।

अभद्र व्यवहारको कसुरमा थुनामा परेका २४ वर्षीय निशान परियार सोमबार परिसरको गेटबाट भागेका थिए।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोरा अनुसार फरार थुनुवालाई खोजीका लागि विभिन्न टोली परिचालन गरिएको थियो। “फरार थुनुवालाई असन यटखाबाट पक्राउ गर्न प्रहरी सफल भएको छ,” उनले बताए, “साथै घटनाका सम्बन्धमा आन्तरिक छानबिनसमेत अगाडि बढाइएको छ।”

प्रवक्ता बोहोरा भन्छन्, “गेटबाटै थुनुवा भाग्नु अत्यन्त गम्भीर विषय हो। त्यसैले यसमा संलग्न प्रहरी कर्मचारीको भूमिकाबारे पनि समीक्षा भइरहेको छ। यदि लापरवाही देखिएमा कडाभन्दा कडा कारबाही गरिनेछ।”

पक्राउ परेका परियारलाई पुनः हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार