• ट्रेण्डिङ :

गोंगबु हत्या प्रकरण : चितवनबाट एक महिला पक्राउ

गोंगबु हत्या प्रकरण : चितवनबाट एक महिला पक्राउ

cnewsnepal

सोमबार, साउन २६ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


२६ साउन काठमाडौं । काठमाडौँको गोंगबुस्थित गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फाल्ने आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाकाे टाेलीले चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरि काठमाडौं ल्याउने तयारी गरिरहेकाे हाे ।

आइतबार विहान बोहराको शरीरको मुख्य भाग सुटकेशमा तथा टाउको र खुट्टा जेब्रा झोलामा फेला परेको थियो । हत्या गरिएका बोहरा नयाँ बजारस्थित एक गार्मेन्टमा काम गर्थे ।

टोखा नगरपालिका–१० स्थित गोंगवु गणेशस्थानमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो ।

गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रा तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा फालिएको थियो । मुख्य बडीको करिब २ सय मिटर पर टाउको र खुट्टा फेला परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार