२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य घुससहित पक्राउ परेका छन् ।
अक्तियार दुरुपयोग अनुसन्धान अायाेग टंगमलकाे टाेली स्ट्रिङ अप्रेसनकाे क्रममा कंलकी खशिबजार स्थित तन्दुरी रेष्टुरेन्टबाट घुष सहि कंलकी १४ का वडा सदस्य पक्राउ परेकाे हुन् ।
पक्राउ पर्नेमा कंलकी १४ बाट नेकपा एमालेबाट निर्वाचित वडा सदस्य वसन्त महर्जनलाई नगद दुई लाख लिदै गर्दा अक्तियार दुरुपयोग अनुसन्धानकाे टाेलीले नियन्त्रण लिएकाे छ ।
वडा सदस्य महर्जनले मैतिदेवीकाे जग्गा नामसारी र नाता प्रमाणित गरिदिने भन्दै दुई लाख रकम माग गरेका थिए ।
वडा सदस्य महर्जनलाई घुस रकम सहित पक्राउ गरि थप अनुसन्धान र कारबाहीकोलागि अक्तियारकाे कार्यालय टंगालमा लगिएको छ
प्रतिक्रिया
सम्बन्धित समाचार