११ जेठ, काठमाडौं । चन्द्रागिरिका विभिन्न स्थानहरूमा रहेका घरमा गई तामाका भाडाहरू चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बलम्वुले तामाका कलश तथा लोटा चोरी गर्दै हिड्ने एकजना व्यक्तिलाई पक्राउ गरेको हो ।
बिहानीको समयमा काठमाडौ चन्द्रागिरि नगरपालिका वडा नम्वर १२ वलम्वुमा प्रहरी प्रभाग वलम्वु वाट खटिएको प्रहरी टोलीले विभिन्न तामाका कलश तथा लोटा भाडा सहित नियन्त्रण लिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र आर्चायका अनुसार पक्राउ पर्नेमा जिल्ला चितवन भरतपुर उपमहानगरपालिका १६ घर भई हाल जिल्ला काठमाडौ चन्द्रागिरि १२ बस्ने बर्ष २३ को सुजन कुँवर छन् ।
प्रहरीले संका लागी चेकजाँच गर्दा सुजनले चन्द्रागिरी नगरपालिका स्थितका घर हरुवाट तामाको भाडा कलश बिभिन्न दरका नोट जम्मा रु ११७५ चोरी गरि ल्याएको बरामद गरेको छ । प्रहरीले थप अनुसन्धान लागी प्रहरी वृत्त थानकोटमा पठाईएको छ । चन्द्रागिरिमा तामाको भाडा चोरी आतङ्क छाएको थियो भने सयौ घरहरूवाट तामाका भाडाहरू चोरिदै आएको छ ।