महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले चन्द्रागिरि नगरपालिका–११ स्थित सामसुङ टिभी कारखानाको कम्पाउण्डमा राखिएको बिजुलीको ट्रान्सफर्मर चोरी गर्दागर्दै पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रहरीले थापाका साथबाट फलाम काट्ने कटर एक थान, पेन्चिस एक थान, स्क्रु ड्राइभर एक थान, विभिन्न साइजको रेञ्ची ११ थान, कपडाको सल दुई थान, प्लाष्टिकको बोरा तीन थान, ट्रान्सफर्मर एक थान र ट्रान्सफर्मर तान्न प्रयोग भएको रबरको कालो रङ्गको फिता डोरी एक थान बरामद गरेको छ ।
पक्राउ परेका थापामाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।