• ट्रेण्डिङ :

चाेरीकाे ३५ तोला सुन र ११ लाख नगद सहित एक पक्राउ

चाेरीकाे ३५ तोला सुन र ११ लाख नगद सहित एक पक्राउ

cnewsnepal

शनिबार, फाल्गुन १९ २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


विहिबार राति पर्वतको कुश्मा नगरपालिका ९ कटुवाचौपारी चोरी गरिरहेको अवस्थामा रोल्पा नगरपालिका १ लिवाङका ३३ बर्षिय भरत परियार पक्राउ परे ।पक्राउ परेका उनको झोलामा ३५ तोला सुन र ११ लाख नगद मोबाइल लगायतका सामान फेला परेको पर्वत प्रहरीले बताएको छ ।
चोरी गर्दै गर्दा परियारलाई एकजना शिक्षकले पक्राउ गरेका थिए । परियारलाई अदालतबाट म्यादी लिई अनुसन्धान भईरहेको पर्वत प्रहरी प्रमुख खुमलाल भुषालले बताउनुभएको छ ।
भुषालका अनुसार चोरले पर्वत फलेवासका विभिन्न स्थानहरु , स्याङ्जा,लमजुङ लगायतका अन्य जिल्लामा पनि चोरी गरेको आशंका गरिएको बताउनुभयो । सुन चोरी भएका पिडितहरु पर्वत आउनु भएको छ । उहाँहरुलाई ती गरगहना देखाईने र उहाँहरुको हो वा होइन विल पहिचानका आधारमा पुष्टी हुने बुझिएको छ ।

नायब उपरीक्षक खुमलाल भुसालका अनुसार चोरी गर्ने व्यक्तिबाट दुई थान मोबाइल, नेपालको नक्सा एक थान, नेपालको सडकको नक्सा एक थान, हँसिया एक थान, निजको नागरिकता, वायरलेस सिसी टिभी क्यामेरा एक थान, हार्डडिक्स एक थान र एलइडी मनिटर एक थान बरामद गरिएको छ।
त्यसैगरी चोरी गर्न प्रयोग गरिएको ह्याम्बर, स्क्रुड्राइभर, जीआई पाइप, टर्च विभिन्न चाबीका झुप्पाहरू, चोरी गर्दा प्रयोग गरिने बालक्याप, पञ्जा, पावर बैंक, डिजिटल तौल मेसिन बरामद गरिएको छ । स्याङ्जाका चोरी घटनामा परिवार संलग्न भए नभएको आज पुष्टि हुने डिएसपी भुषालले बताउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार