• ट्रेण्डिङ :

चितवन खोलेसिमलमा पेस्तोल देखाएर सुनचाँदी पसल लुटियो, प्लास्टिकको झोलामा हालेर लगियो सुन

चितवन खोलेसिमलमा पेस्तोल देखाएर सुनचाँदी पसल लुटियो, प्लास्टिकको झोलामा हालेर लगियो सुन

cnewsnepal

आइतबार, असार ३ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौ । चितवनको कालिका नगरपालिका-६ खोलेसिमलमा सुन पसल लुटपाट भएको छ । पेस्तोल देखाएर विनोद सुनचाँदी पसल लुटपाट भएको हो ।

शरीरभरी प्लास्टिक बेरेर आएका २ जनाको समुहले पसलको सटर लगाउने क्रममा मौका छोपेर कामदारहरुलाई भित्रै थुनी पेस्तोल देखाएर सुन लुटपाट गरेको हो ।

त्यतिमात्र नभएर लुटेरा समूहले सुन पसलमा जडान गरिएको सिसिटिभिको डिस नै खोलेर लगेको प्रहरीले जनाएको छ । घटना साझ ८:४० बजेको हो ।

पसलमा भएभरको सुनचाँदी लुटेर लगेको बताइएको छ । घटनाको बेला संचालक विनोद सुनार भने काम विशेषले धादिङ गएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार