• ट्रेण्डिङ :

जनकपुरबाट अपहरणमा परेका एक वर्षीय बालकको महोत्तरीबाट प्रहरीद्वारा सकुशल उद्धार, महिला पक्राउ

जनकपुरबाट अपहरणमा परेका एक वर्षीय बालकको महोत्तरीबाट प्रहरीद्वारा सकुशल उद्धार, महिला पक्राउ

cnewsnepal

मंगलबार, फाल्गुन १५ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


जनपुरधाम । जनकपुरधामबाट बेपत्ता भएका एक वर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । जनपुरधाम उपमहानगरपालिका २३ स्थित डेरा गरी बस्ने रुपेश कुमार झाको छोरा १ वर्षीय रुद्धाआंश झाको प्रहरीले सकुशल उद्धार गरेको हो ।

गत फागुन १२ गते साँझ घरको पैसेजमा खेलिरहेको बेला अपहरणमा परेका बालकलाई महोत्तरीको लोहारपट्टी नगरपालिका ३ स्थित बिभा देवी मण्डलको साथबाट उद्धार गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

उनका अनुसार बालक बेपत्ता भएपछि स्थानीयले दिएको जानकारी अनुसार खोजतलास गर्दा उपमहानगरपालिका २४ बस्ने ४२ वर्षीया बिभा देवी मण्डलको साथबाट बालक फेला पारेको हो । साथै बालक अपहरण गर्ने बिभा मण्डलविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरी प्रहरी कारबाही प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार