काठमाडौं, १६ मंसिर : काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलास्थित सोही ठाउँ बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१३ घर भएका ५० वर्षीय रकम तामाङले संचालन गरेको सलिना खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ११ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ५ सय ३० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार