• ट्रेण्डिङ :

जुवा खेलिरहेको अवस्थामा २ लाख ५० हजार रुपैयाँभन्दा बढी रकमसहित १० जना पक्राउ

जुवा खेलिरहेको अवस्थामा २ लाख ५० हजार रुपैयाँभन्दा बढी रकमसहित १० जना पक्राउ

cnewsnepal

आइतबार, जेष्ठ ४ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


४ जेठ,काठमाडौं । काठमाडौं प्रहरीले काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित एक कोठामा जुवा खेलिरहेको अवस्थामा २ लाख ५७ हजार ४ सय रुपैयाँ नगदसहित १० जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपील राज बोहराका अनुसार पक्राउ परेकाहरूलाई जुवा खेलिरहेको अवस्थामा नगद, तास र मोबाइलसहित नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा जिल्ला दोलखा, भीमेश्वर नगरपालिका–७ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ बस्ने ४० वर्षीय रामजी बस्नेत, तामाकोशी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने ४७ वर्षीय किशोर सुनुवार, रोल्पा, परिवर्तन गाउँपालिका–२ घर भई गोकर्णेश्वर नगरपालिका–४ बस्ने ५१ वर्षीय देवानन्द डाँगीलगायत रहेका छन्।

त्यसैगरी, सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने ५० वर्षीय डावाङ दोर्जे शेर्पा, काठमाडौं, बूढानीलकण्ठ नगरपालिका–४ बस्ने ५५ वर्षीय नरध्वज श्रेष्ठ, गोकर्णेश्वर नगरपालिका–७ बस्ने ४० वर्षीय दावा शेर्पा पनि पक्राउ परेका छन्।

यसका साथै बाह्रबिसे नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–७ बस्ने ४३ वर्षीया गौरी न्यौपाने, सोलुखुम्बु, खुम्बु पासाङलामु गाउँपालिका–४ घर भएका ४२ वर्षीय साङ्गे शेर्पा, ओखलढुंगा, सुनकोशी गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने १९ वर्षीय पवन कार्की र बाजुरा, शमिकार्तिक गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–२९ घट्टेकुलो बस्ने ४० वर्षीय सागर ठकुरी पनि पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूबाट नगद २ लाख ५७ हजार ४ सय रुपैयाँ, ९ बुक तास र १० थान मोबाइल बरामद गरेको जनाएको छ। जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार