• ट्रेण्डिङ :

झापाबाट ब्राउनसुगर सहित एक पक्राउ

झापाबाट ब्राउनसुगर सहित एक पक्राउ

cnewsnepal

मंगलबार, फाल्गुन १७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


१७,फागुन,काँकडभिट्टा झापा । प्रहरीले प्रतिबन्धित लागु औषध ९ ग्राम ब्राउनसुगर सहित एक जनालाई  पक्राउ गरेकाे छ ।

जिल्ला झापा मेचीनगर न.पा. वडा नं.६ स्थितबाट ईलाका प्रहरी कार्यालय काकड्भिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलिले प्रतिबन्धित लागु औषध ९ ग्राम ब्राउनसुगर सहित एक जनालाई  पक्राउ हाे ।


पक्राउ पर्नेमा भारतबाट नेपाल तर्फ आउदै गरेको जिल्ला ईलाम माईजोगमाई गाँउ पालिका वडा नं.-१ बस्ने बर्ष-२३ को जोसेफ थापा  छन् ।

प्रहरीले थापाकाे साथबाट ९ (नौ) ग्राम ब्राउनसुगर सहित पक्राउ गरि लागु औषध एेन २०३३ अन्तर्गत झापा जिल्ला अदालतको आदेशले ७ दिन म्याद थप गरी कानुनी प्रकृया अगाडी बढाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार