• ट्रेण्डिङ :

झापामा थपिए अर्का कोरोना संक्रमित, देशभरि ५२ पुगे

झापामा थपिए अर्का कोरोना संक्रमित, देशभरि ५२ पुगे

cnewsnepal

आइतबार, बैशाख १४ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


१४ वैशाख, काठमाडौं । झापामा थप एक जनालाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।

कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणको नतिजाअनुसार एक संक्रमित थपिएका हुन्।

यसअघि पनि झापामा ६२ वर्षीय एक पुरुषमा काेराेना देखिएकाे छ।

योसँगै नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ। यीमध्ये १६ जना निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन्।

यी नयाँ संक्रमित झापा राजगढ निवासी जमाती हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार