• ट्रेण्डिङ :

झापामा २२ लाखको मोबाइल पार्टस् बरामद

झापामा २२ लाखको मोबाइल पार्टस् बरामद

cnewsnepal

सोमबार, बैशाख ८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


झापा, ८ बैशाख । झापाको दुई भिन्न स्थानबाट प्रहरीले २२ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

बिर्तामोड र भद्रपुरबाट भन्सार छलेर ल्याएर ल्याइएको ती सामानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

शनिबार राति अन्दाजी १० बजे अर्जुनधारा–६ छाताचोकमा करिब १८ लाख १० हजार २५० रुपैयाँबराबरको अवैध मोबाइल र पाट्स बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले बेबारिसे अवस्थामा प्लास्टिकको बोरामा पोका पारी राखेको सामानहरु बरामद भएको बताएको छ ।

त्यस्तै, शनिबार राति ८ बजे भद्रपुर–९ मा भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइँदै गरेको २० कार्टुन मोबाइलको पार्टस बरामद गरिएको प्रहरीले जनाएको छ ।

अन्दाजी ४ लाख बराबरको सामान, गाडी र चालक भद्रपुर ५ बस्ने २३ वर्षीय राहुल कामतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गाडी र सामानसहित कामतलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई अनुसन्धान भइरहेको झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार