• ट्रेण्डिङ :

ठगीमा प्रयोग भएको माइक्रो बससहित एक पक्राउ

ठगीमा प्रयोग भएको माइक्रो बससहित एक पक्राउ

cnewsnepal

बिहिबार, जेष्ठ १ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१ जेठ ,काठमाडौ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ स्थित बनस्थलीको विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरको पार्किङ स्थलबाट चोरी भएको एक विद्युतीय माइक्रो बससहित एक व्यक्ति पक्राउ परेका छन्।

स्याङ्जा जिल्ला, विरूवा गाउँपालिका वडा नम्बर १ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर १६ बनस्थलीमा बसोबास गर्ने १९ वर्षीय सुदिप थापा चोरीको आरोपमा पक्राउ परेका हुन्। उनी यम बहादुर थापाका छोरा हुन्।

चोरी भएको माइक्रो बसको इन्जिन नम्बर केएल००३०२०२४०४ र च्यासिस नम्बर एलपी९जेसी१०सी१आरईएलए६१४१ रहेको छ भने वागमती प्रदेश ०१-००२ ज ६७६६ नम्बरको सेतो रङको सीजी कम्पनीको किङलङ ब्रान्डको बस हो।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अपिलराज बोहोराका अनुसार चोरी भएको बस धादिङ पुर्‍याइएको सूचनाका आधारमा खोजी गर्दा आरोपी सुदिप थापासहित बस बरामद गरिएको हो। “प्रारम्भिक अनुसन्धानमा थापाले बस चोरी गरेर धादिङ पुर्‍याएको खुलेको छ। अहिले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं,” एसपी बोहोराले भने।

प्रहरीले चोरीमा संलग्न थापालाई आवश्यक कानूनी प्रक्रिया अघि बढाइसकेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार