• ट्रेण्डिङ :

ठाउँकै ठाउँ माेबाइल लुट्दै हिड्ने तीन समुहका नाईके पक्राउ

ठाउँकै ठाउँ माेबाइल लुट्दै हिड्ने तीन समुहका नाईके पक्राउ

cnewsnepal

सोमबार, जेष्ठ १२ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१२ जेठ, काठमाडौं । मोबाइल लटुपाटमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौंको कालिकाटीका २४ वर्षीय च्वाँचे भनिने सुरज थापा मगर, सोही ठाउँ बस्ने २४ वर्षकै सन्तोष तामाङ र धादिङको धुनिबेशी नगरपालिका–३ का १९ वर्षीय प्रवीन भण्डारी छन् ।

उनीहरुलाई काठमाडौंको टंकेश्वरबाट प्रहरीले पक्राउ गरेको हो । आइतबार मात्रै राति साढे ८ बजेतिर टंकेश्वरमा मोबाइल लुटेर भागेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले यसअघि पनि पटक पटक मोबाइल लुटपाट गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । यसअघि उनीहरु आठ वटा चोरी तथा लुटपाटको घटनामा संलग्न भएको प्रहरीले बताएको छ ।

पक्राउ परेका मध्ये च्वाँचे २०८० मा अभद्र व्यवहारको कसुरमा र प्रवीण २०८१ मा चोरीको कसुरमा सजाय भागेर निस्केका व्यक्ति रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार