२९ असार,काठमाडौ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वी राजमार्ग खण्डमा सवारी र पैदल यात्रुहरूको चेकजाँचको क्रममा दुई जना महिला ठूलो मात्रामा नियन्त्रणित लागुऔषधसहित पक्राउ परेका छन्।
प्रहरीका अनुसार ती महिलाहरूले कालो झोलाभित्र लुकाएर ल्याइरहेको अवस्थामा डायाजेपाम, फेनरगन र बुप्रेनोर्फिन गरी जम्मा २,५९८ एम्पुल औषधि फेला परेको हो।
पक्राउ पर्नेमा रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका वडा नं. ५ बसोबास गर्ने ३५ वर्षीया मालती लोध र ५० वर्षीया शिला हरिजन रहेका छन्। उनीहरूले ती औषधिहरू लुकाइछिपाई बोकेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
हाल दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार यो घटनालाई सम्भावित संगठित लागुऔषध कारोबारसँग पनि जोडेर अनुसन्धान अगाडि बढाइएको छ।