• ट्रेण्डिङ :

देव दर्शनको रक्तदान अभियानमा १०२ प्रिन्ट रगत सङकलन

देव दर्शनको रक्तदान अभियानमा १०२ प्रिन्ट रगत सङकलन

cnewsnepal

शनिबार, असार ७ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाण्डौ ÷७ असार देव दर्शन बचत तथा ऋण सहकारी संस्थाको ११औं बार्षिक उत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको आफ्नो ११औं स्थापना दिवसको अवसरमा बृहत्त रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान जीवन दान भने मुल नाराका साथ रक्तदान कार्यक्रम संस्थाको वार्षिक अवसरमा गर्दे आईरहेको देव दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राम नारायण घिमिरेले बताए ।

 

रक्तदान कार्यक्रमका संयोजक राम तामाङले संस्थाको सामाजिक उत्तरदायीत्व अन्तर्गत १०२ पिन्ट रगत सञ्चालन भएको जानकारी दिए । नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रमा संस्थाका सदस्य र चन्द्रागिरीका स्थानियहरुले रगत दान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार