• ट्रेण्डिङ :

नक्कली नोटसहित काठमाडौंबाट दुई महिला पक्राउ

नक्कली नोटसहित काठमाडौंबाट दुई महिला पक्राउ

cnewsnepal

मंगलबार, मंसिर ५ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडाैँ । नक्कली नेपाली नोटसहित दुई जना महिला काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका–७ कोलागाल डेरा गरी बस्ने सिन्धुपाल्चोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बूढानीलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका–४ की ४१ वर्षीया मैया कुमारी घिमिरे रहेका छन्।

सिर्जनाको साथबाट १ हजार दरको १ सय ४० थान र कुमारीको साथबाट १ हजार दरको २१ थान नक्कली नोट बरामद भएको छ।

सिर्जना र मैया कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका–७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैया कुमारीलाई बूढानिलकण्ठ नगरपालिका–१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार