• ट्रेण्डिङ :

नक्कली बजार अनुगमनकर्ता बनी ठगि गर्ने दुई जना पक्राउ

नक्कली बजार अनुगमनकर्ता बनी ठगि गर्ने दुई जना पक्राउ

cnewsnepal

बिहिबार, फाल्गुन १० २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


१० माघ, काठमाडौं । प्रहरीले नक्कली बजार अनुगमनकर्ता बनी ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नम्वर ५ घसिला मार्ग स्थित उपभोक्ता मञ्च नेपालबाट अनुगमन गर्न आएको भनि ठगी गरेको आरोपमा २ जना ईलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेमा जिल्ला भक्तपुर सुर्यबिनायक न पा वडा नं।७ वस्ने बर्ष ५० को वासुदेव न्यैपाने र

जिल्ला काठमाण्डौ का म न पा वडा नं। २९ घर भइ हाल जिल्ला भक्तपुर सुर्यबिनायक न पा वडा नं।७ बस्ने वर्ष ५२ को रोशन पोखरेल छन् ।

पक्राउ परेका दुई जना नक्कली अफिसियल कार्ड बनाई विभिन्न पसलहरुमा आफुहरू उपभोक्ता हित संरक्षण मञ्चबाट अनुगमनको लागी आएको बताउदै पसलको दर्ता प्रमाणपत्र र नम्बर, खाद्यको प्रमाणपत्र मागेकोमा मोबाईलमा देखाउँदा पसलमा किन नराखेको तपाईलाई कारबाही हुन्छ, तपाईको पसल सिल गरिदिन्छु भनि डर देखाई मिलाउने भए १५ हजार लाग्ने भन्दै ठगेको अनुसन्धानवाट खुलेको डिएसपी सुवेदीले बताए ।

प्रहरीले विभिन्न स्थानमा गई सोही गतिविधि गरेको सुचना पाए लगतै बेकरी पसल अनुगमन गर्न भनि अर्को बेकरीमा प्रबेश गरेको खबर पश्चात तत्काल ईलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली खटिएको थियो ।

प्रहरीले उनीहरुको साथवाट उपभोक्ता मञ्च नेपाल संस्थाको नाम लेखी बनाईएका नामका परिचय पत्र थान २ थान,नोकिया कि प्याड मोबाईल थान १,इन्टेकस टर्ज फोन १ थान, स्यामसुन मोवाई थान १ र नगद रु ३ हजार पाँच सय रुपैया बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेकाव्यक्तिहरु संरक्षण मञ्चका कुनै पनि जिम्मेवार पदमा नरहेको र साथमा रहेको परिचयपत्र समेत नक्कली रहेको खुल्न आएको अनुसन्धानवाट खुलेको हो ।

पक्राउ परेका दुई जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ बिपरित ठगी कसुर गरेको अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट पाँच दिन म्याद लिई विस्तृत अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त व्यक्तीहरुबाट अरु कोही पसलेहरू समेत ठगिएको भए खवर गर्न अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार