• ट्रेण्डिङ :

नयाँ बसपार्क र कलङ्कीबाट ३ नाबालिगको उद्धार गरेका छौ : एसपी पंगेनी

नयाँ बसपार्क र कलङ्कीबाट ३ नाबालिगको उद्धार गरेका छौ : एसपी पंगेनी

cnewsnepal

सोमबार, मंसिर १८ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । प्रहरीले काठमाण्डौंवाट ३ जना बालवालिकालाई उद्धार गरेको छ । मानव बेचबिखन ब्यूरो जबरजस्ती यौन धन्दामा लगाइएका ३ जना नाबालिगहरूलाई उद्धार गरेको हो ।

कलङ्की र नयाँ बसपार्कबाट ३ जना नाबालिगहरूलाई उद्धार गरिएको मानव बेचबिखन ब्यूरोका एसपी कृष्ण पंगेनीले बताए । एसपी कृष्ण पंगेनीका अनुसार नाबालिगलाई यौन धन्दामा लगाएको आरोपमा गेष्ट हाउस सञ्चालिका तनहुँ घर भएकी सपना तामाङ भन्ने पुजा रानालाई पक्राउ परेकी छन् ।
२५ वर्षीया पूजाले नयाँ बसपार्क स्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालन गरेकी छन् ।

प्रहरीले उनीविरुद्ध मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । आरोपीले आर्थिक अवस्था कमजोर भएका ग्रामीण भेगका महिलाहरूलाई आकर्षक सुविधा सहित काममा लगाउने आश्वासन दिएर काठमाडौँमा बोलाउने र यौनधन्दामा लगाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

कलङ्की र नयाँ बसपार्कको गेष्ट हाउसमा राखेर ती नाबालिगहरूलाई जबरजस्ती यौन सम्पर्क गर्न बाध्य पार्ने गरेको अनुसन्धानबाट थाहा भएको एसपी पंगेनीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार