• ट्रेण्डिङ :

नुवाकोटबाट गौहत्याको अभियोगमा चार जना पक्राउ

नुवाकोटबाट गौहत्याको अभियोगमा चार जना पक्राउ

cnewsnepal

शुक्रबार, भाद्र ५ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


५  भाद्र नुवाकोट ।     गौहत्याको अभियोगमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका–५ बाट चार जनालाई बिहीबार राति पक्राउ गरेको छ।
काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी नुवाकोटका प्रहरी निरीक्षक बिष्णु फुयालले जानकारी दिए।
प्रहरी निरीक फुयालका अनुसार गौहत्या गरेर मासु भाग लगाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार