• ट्रेण्डिङ :

नैकापबाट १५८६ क्याप्सुल ट्रामाडोल र नगदसहित फरार प्रतिवादी पक्राउ

नैकापबाट १५८६ क्याप्सुल ट्रामाडोल र नगदसहित फरार प्रतिवादी पक्राउ

cnewsnepal

शनिबार, चैत्र २१ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२१ चैत,काठमाडौं । अभद्र व्यवहार मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले लागूऔषध र नगदसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ नैकापबाट २६ वर्षीय सम्राट के.सी.लाई पक्राउ गरिएको हो।
उनी काठमाडौं जिल्ला अदालतको मिति २०७९ फागुन २ गतेको अभद्र व्यवहार मुद्दाको फैसला पश्चात फरार रहेका थिए।

प्रहरी प्रभाग बलम्बुको  टोलीले प्रतिबन्धित लागूऔषध ट्रामाडोल सहित उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ट्रामाडोल क्याप्सुल १५९ पत्ता बराबर १५८६ क्याप्सुल बरामद गरेको जनाएको छ। साथै, भारतीय रुपैयाँ अट्ठाइस हजार, नेपाली रुपैयाँ आठ हजार छ सय, विभिन्न बैंकका तीन थान चेक, नगद जम्मा गरेको भौचर तथा एक थान मोबाइल समेत बरामद गरिएको छ।
पक्राउ परेका के.सी.लाई प्रहरी वृत्त थानकोटमा राखी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार