काठमाडौ, चन्द्रागिरी नगरपालिका १३ पनेरु गाउँ स्थित लामोचौरमा रहेको सन्तराज पनेरुको घरको कम्पाउण्ड भित्र छिरेको चितुवा वन बिभाग र थानकोट प्रहरीको टोलिले नियन्त्रणमा लिएको छ ।
वातावरण मन्त्रालयका सहसचिव रामचन्द्र कडेल, डिभिजन वन कार्यालय, काठमाडौंका डिएफओ बद्रि कुमार कार्की र सो टिमको नेतृत्व गर्नु हुने डाक्टर आशुतोष भट्ट लगायतको टिम, नेपाल प्रहरी, वडा कार्यालयका वडा अध्यक्ष, वडा सदस्यहरु र स्थानीय व्यक्तिहरुलामो समयको अथक प्रयास पछि मुस्किलले समात्न सफल भएका थिए । चितुवालाई नियन्त्रणमा लिइ वन बिभाको टोलीले लिएर गएको छ ।
उध्दार टोलीको नेतृत्व गर्नु हुने डा आशुतोष भट्ट चन्द्रागिरी नगरपालिका वडा नं १३ पुरानो नैकाप निवासी हुन।
नजिकै जङ्गल रहेको र आहाराको खोजीमा गाउँ छिरेको चितुवाले चौपायालाई खान थालेको र मानिस माथी आक्रमण गर्न सक्ने भयले चितुवालाई नियन्त्रणमा लिएको स्थानीयले बताए ।
यसअघी पनि चन्द्रागिरीको दहचोक र मातातिर्थ मा आहाराको खोजीमा गाउँ पसेको चितुवालाई नियन्त्रणमा लिएर वन बिभाग मा बुझाएको थियो ।