• ट्रेण्डिङ :

पर्बतवाट फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

पर्बतवाट फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

cnewsnepal

मंगलबार, असोज ८ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


पर्बत प्रहरीले जवर्जस्ती करणी सम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको छ।

जिल्लाको साबिक त्रिवेणी गाँउ विकास समिति वडा नम्वर १ हाल पैयु गाउँपालिका वडा नम्वर २ बस्ने बर्ष ५८ का भिम बहादुर बि.क. भन्ने भिम बहादुर सुनारलाई १८ वर्षपछि पर्बत प्रहरीले पक्राउ गरेको हो।

विकलाई जिल्ला प्रहरी कार्यालय पर्वत र ईलाका प्रहरी कार्यालय हुवास पर्वतवाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका सुचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बताए ।

प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार सुनार घरमा लुकी छिपी बसिरहेका छन् भने सुचना प्राप्त हुना साथ खोजतलास गर्दा आफनै घरमा लुकी छिपी बसिरहेको अबस्थामा फेला पारी पक्राउ गरेका हौ ।

सुनारलाई पर्बत जिल्ला अदालतको मिति २०६३।१२।२१ गतेको फैसला बमोजिम जवर्जस्ती करणी सम्बन्धी कसुरमा १३ बर्ष कैद सजायको फैसला सुनाएको थियो । फैसला भए पछि सुनार १८ वर्ष सम्म फरार रहेका थिए

पक्राउ परेका सुनारलाई आवश्यक कार्वाहीको लागी पर्बत जिल्ला अदालतको आदेशले कारागार चलान गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार