• ट्रेण्डिङ :

पोखरामा दुई महिलामाथि बलात्कार गरेको आरोपमा सुवेदी पक्राउ 

पोखरामा दुई महिलामाथि बलात्कार गरेको आरोपमा सुवेदी पक्राउ 

cnewsnepal

बिहिबार, भाद्र २५ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


२५ भाद्र कास्की ।  पोखरामा दुई महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको टोलीले मंगलबार पोखरा महानगर-७ शान्तिनगर बस्ने ३७ वर्षीय बामदेव सुवेदीलाई पक्राउ गरेको हो।
कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले  ३१ र ३६ वर्षीया महिलालाई विभिन्न डर, धम्की तथा प्रलोभन देखाइ बलात्कार गरेको आरोपमा पक्राउ गरेकाे बताए ।
उनीविरूद्ध जाहेरी आएको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनीविरूद्ध प्रहरीले करणीसम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार