• ट्रेण्डिङ :

पोखरामा श्रीमतीको हत्या गरेर आफुले गरे आत्महत्या

पोखरामा श्रीमतीको हत्या गरेर आफुले गरे आत्महत्या

cnewsnepal

मंगलबार, बैशाख २३ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


पोखरा । पाेखरा महानगरपालिका-१७ बिरौटाका ५७ वर्षीय ऋषिराम बरालले श्रीमती देवी पराजुली बरालको हत्या गरेर आफुले पनि आत्महत्या गरेका छन् । सोमबार दिउँसो घर झगडा भएपछि ऋषिरामले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका थिए ।

त्यसपछि उक्त हतियारले आफूलाई पनि प्रहार गरेको र विष सेवन गरेको अवस्थामा भेटिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

उनका अनुसार श्रीमतीको अनुहारमा धारिलो हतियारको चोट देखिएको थियो भने श्रीमानको पनि घाँटीमा धारिलो हतियारको चोट र विष सेवन गरेको अवस्थामा भेटिएको थियो । प्रहरीले उनीहरू दुबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगेका थिए ।

अस्पतालका डाक्टरले श्रीमतीको ज्यान गइसकेको जानकारी दिएका थिए । श्रीमानको भने उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

घटना भएको घरको बाथरूममा एउटा र बाहिर ढोकामा एउटा गरी २ वटा रगताम्म अवस्थामा चक्कु र मेटासिड नामक विषको खाली डब्बा भेटिएको प्रहरीले जनाएको छ ।  बिरौटास्थित घरमा भएको उक्त घटनामा दुबै जना रगताम्मे अवस्थामा भेटिएका थिए ।

२ वटा श्रीमती रहेका ऋषिराम कान्छी श्रीमतीसँग बिरौटा बस्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार