• ट्रेण्डिङ :

प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा गुप्ता नर्सरीका संचालक विन्दु गुप्ता विभूषित

प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा गुप्ता नर्सरीका संचालक विन्दु गुप्ता विभूषित

मन्दिरा थापा

शुक्रबार, बैशाख १ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


रुपन्देहीको तिलोत्तमामा रहेको गुप्ता नर्सरी प्रा.ली.का संचालक विन्दु गुप्ता प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा विभूषित भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित सुशोभन समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको हातवाट उनि सम्मानित भएका हुन । राष्ट्रको गौरब बढाउन अतुलनीय योगदान गरेका समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई उक्त कार्यक्रममा सम्मान गरिएको थियो ।


वि.सं. २०२२ सालमा विन्दु गुप्ताका पिता स्व रधुनाथ गुप्ताले शुरु गरेको नर्सरीले विस्तारै व्यावसायिक रुप लिदै गएर आज नेपाल भरिकै उत्कृष्ट नर्सरीको रुपमा स्थापित भएको छ ।

तिलोत्तमा नगरपालिका संगको सहकार्यमा गुप्ता नर्सरीले उक्त नगरपालिकाको सडकहरुमा रमणीय हरियाली वनाएको छ भने सार्वजनिक स्थानहरुमा हरियाली प्रर्बदन गर्न गुप्ता नर्सरी प्रा.लि.को विशेष योगदान रहेको छ ।

देशभरीमै उत्कृष्ट नगरपालिका बन्न सफल तिलोत्तमा नगरपालिकाको सरसफाई र हरियालीमा उक्त नर्सरीको महत्वपुर्ण भुमिका रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार