• ट्रेण्डिङ :

प्रहरीको चेकिङ्ग देख्ना साथ १६ लाखकाे झाेला फाली माेटरसाईकल फरार

प्रहरीको चेकिङ्ग देख्ना साथ १६ लाखकाे झाेला फाली माेटरसाईकल फरार

cnewsnepal

शनिबार, भाद्र ६ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


६ भाद्र बारा । प्रहरीलाई देख्ना साथ १६ लाख रकम रहेकाे झाेला फ्यालेर फरार भएका छन् ।
जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.७ बेनौली स्थित सडकमा प्रहरी चौकी तेलकुवा बाराबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले चेकिङ्ग गर्ने क्रममा पैसाकाे झाेला फ्यालेर गएकाे पाईएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कृष्ण पंगेनीले पश्चिम बेनौली चोक तर्फबाट आएका माेटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा आफ्नो साथमा बोकेको रातो पहेलो रंगको झोला रहेकाे पैसा फाली फरार भएकाे बताए ।
एसपी पंगेनीले भने,” प्रहरी चेकिङ्ग टोलीले उक्त झोला नियन्त्रणमा लिई खोली हेर्दा नेपाली रू.१,०००।-दरको ७६२ थान र ने.रू ५००।-दरको १६७६ थान गरी जम्मा नेपाली रूपैया १६,००,०००।- (सोह्र लाख) फेला परेको छ ।”
एसपी पंगेनीका अनुसार फरार रहेकाे माेटरसाईकल तथा चालकलाई खोज तलास कार्य भइरहेको छ ।
स्रोत नखुलेको बरामद रकम सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बारामा ल्याई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार