• ट्रेण्डिङ :

प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ

प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ

cnewsnepal

बुधबार, पौस २१ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


प्रहरीलाई घुस दिन खोज्ने दुई जना काठमाण्डाैंबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नैकापले चितवनका २४ वर्षीय रोशन श्रेष्ठ र काठमाडौं मच्छेगाउँका ५४ वर्षीय केशव गोपालीलाई नियन्त्रणमा लिएको हाे ।

प्रदेश ०३-०२-००४ प ४९७४ नम्बर मोटरसाइकल हाँकिरहेका श्रेष्ठ र पछाडि सवार गोपालीले दुबै मदिरा सेवन गरेको र नैकापको प्रहरी टोलीले चेकिङ गर्दा चालकले पाँच सय रुपैयाँ घुस दिन खोजेका थिए ।

घुस दिन खोजेपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थानकोटमा राखी थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार