• ट्रेण्डिङ :

प्रहरीलाई ‘लाइन मिलाउन’ गएका तीन व्यापारी २६ हजारसहित पक्राउ

प्रहरीलाई ‘लाइन मिलाउन’ गएका तीन व्यापारी २६ हजारसहित पक्राउ

cnewsnepal

शनिबार, साउन ३२ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


भारतबाट कपडा तथा विभिन्न सामान ल्याउन ‘लाइन मिलाइदिन’ अनुरोध गर्दै गएका व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।
बाराको विश्रामपुर गाउँपालिका -१ स्थित छतवा प्रहरी चौकीबाट खटिएको टोलीलाई पैसाको प्रलोभन देखाउँदै ओसारपसारमा ‘लाइन मिलाइदिन’ भन्ने तीन व्यापारीलाई शनिबार पैसासहित पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।
उनका अनुसार पक्राउ पर्नेमा प्रसौनी गाउँपालिकाका शम्भप्रसाद साह, वडा नम्बर ६ का मुरारी कुशवाह र कलैया उपमहानगरपालिका १६ का छोटेलाल पटेल छन्।
अवैध रुपमा कस्टमेटिक तथा कपडा लगायतका मालसमानहरू भारतबाट चोरी पैठारी गरी नेपालको विभिन्न ठाउँमा ओसारपसार गर्ने काम गर्ने गरेका उनीहरूले प्रहरीलाई मासिक रुपमा ‘लाइन मिलाइदिन’ भन्दै २६ हजार रुपैयाँ दिन खोजेका थिए। जसरी पनि आफूहरूले त्यस्तो काम गर्ने भन्दै प्रहरीलाई अभद्र व्यवहार गरेपछि पक्राउ गरिएको प्रहरी उपरीक्षक भट्टराईले बताए। पक्राउ परेकामाथि आवश्यक कारबाही तथा अनुसन्धान थालिएको उनले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार