• ट्रेण्डिङ :

प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

cnewsnepal

आइतबार, साउन १७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


डोटी, १७ साउन । जनपदतर्फ प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिने

एक  पक्राउ परेका छन् ।

प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा कृष्णपुर नगरपालिका-४ बस्ने २३ वर्षीय नरेन्द्र बहादुर धामीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा प्रहरी जवान पदको अन्तर्वाता परीक्षामा सहभागी भएको समयमा भर्ना छनोट समितिबाट सोधपुछ गर्दा धामीले लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका धामीलाई आवश्यक कारवाहीका जिल्ला प्रहरी कार्यालय डोटी पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार