• ट्रेण्डिङ :

प्रहरी निरीक्षक खड्का भन्छन् : आमा मार्ने छाेरा प्रहरीले समातिसक्याे

प्रहरी निरीक्षक खड्का भन्छन् : आमा मार्ने छाेरा प्रहरीले समातिसक्याे

cnewsnepal

बुधबार, माघ १८ २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


१८ माघ,काठमाडौं । कैलालीमा बञ्चराे प्रहार गरी एक जनाले आफ्नै आमाको हत्या गरेका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका – ६, बागमाराका ४० वर्षीय श्रिराम थारूले आफ्नै आमाको हत्या गरेका हुन् ।

७१ वर्षीय आमा लगुनी थरूनीलाई श्रिरामले बञ्चराे प्रहार गरी हत्या गरेकाे ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले बताए ।

बञ्चराे प्रहारबाट घाईते लगुनी थरूनीलाई श्रिरामले बञ्चराे प्रहार गरी घाइते बनाई उपचारको लागि नबजिवन अस्पताल धनगढी लगेका थिए । घाईते थरूनीलाई अस्पतालले मृत घाेषणा पश्चात् श्रिरामले घरमा लगेकाे जेठा छाेरा रामलाल थारूकाे प्रहरी जाहेरीमा उल्लेख छ ।

प्रहरीले हत्याका आराेपी श्रिराम थारूलाई प्रहरी वरिष्ठ नायव उपरीक्षक नरेन्द्र कुमार ढकालकाे नेतृत्वको टाेलीले पक्राउ गरेकाे थियाे ।

श्रिरामलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको लम्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार