• ट्रेण्डिङ :

प्रहरी प्रभाग बलम्बु तोडफोड गर्दै मोटरसाइकल जलाउने तामाङ पक्राउ

प्रहरी प्रभाग बलम्बु तोडफोड गर्दै मोटरसाइकल जलाउने तामाङ पक्राउ

cnewsnepal

मंगलबार, कार्तिक ११ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


११ कात्तिक, काठमाडौं । प्रहरी प्रभाग बलम्बु तोडफोड गर्दै प्रहरीको मोटरसाइकल आगजनी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका-८ घर भएका २० वर्षीय तीर्थमान तामाङ छन् । उनलाई सार्वजनिक भिडियो र फोटोको आधारमा पहिचान गरी पक्राउ गरिएको प्रहरीले बताएको छ ।

२४ भदौको जेनजी आन्दोलनको क्रममा उनीसहितका व्यक्तिले बलम्बुको प्रहरी कार्यालय तोडफोड गर्दै आगजनी गरेका थिए ।

प्रहरीको क्युआरटी मोटरसाइकल जलाउनुका साथै कार्यालयका सामानहरु समेत चोरी गरेर लगिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार