• ट्रेण्डिङ :

फरार कैदी दुई जना चन्द्रागिरिबाट पक्राउ, प्रहरी हिरासतमा राखियो

फरार कैदी दुई जना चन्द्रागिरिबाट पक्राउ, प्रहरी हिरासतमा राखियो

cnewsnepal

बिहिबार, बैशाख १० २०८३
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । जबरजस्ती करणी मुद्दामा २० वर्ष कैद सजाय भोगिरहेका तथा लागु औषध मुद्दाका फरार कैदी गरी दुई जनालाई काठमाडौंको चन्द्रागिरि क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभाग बलम्वुले जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नं. ०१ झागाझिटीबाट वर्ष ४७ का सोनाम तामाङ पक्राउ गरेकाे हाे ।

उनी नक्खुस्थित कारागार कार्यालय, ललितपुरबाट २०८२।०५।२४ गते जेन जी समूहले घोषणा गरेको आन्दोलनको आडमा फरार भएका थिए।

प्रहरीका अनुसार उनी लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी स्वास्थ्य परीक्षण पश्चात हिरासतमा राखिएको छ।

त्यसैगरी, लागु औषध मुद्दाका फरार अभियुक्त वर्ष ४० का भिम बहादुर तामाङलाई चन्द्रागिरि नगरपालिका वडा नं. १२ पुरानो नगरपालिका क्षेत्रबाट पक्राउ गरिएको छ।

उनी काठमाडौंस्थित जगन्नाथदेवल कारागारबाट सोही मितिमा भएको आन्दोलनको आडमा फरार भएका थिए। सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनलाई लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

पक्राउपछि उनलाई पनि प्रहरी हिरासतमा राखिएको छ।
दुवै अभियुक्तलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार