• ट्रेण्डिङ :

बर्दियाबाट ६ किलो चरेशसहित महिला पक्राउ

बर्दियाबाट ६ किलो चरेशसहित महिला पक्राउ

cnewsnepal

सोमबार, चैत्र १९ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ ।जिल्ला प्रहरी कार्यालय बर्दियाले ६ किलो चरेशसहित एक महिला पक्राउ गरेको छ ।

बर्दियाकोको बढैयाताल गाउँपालिका–२ स्थित सीमा इलाकाबाट चरेशसहित एकजना महिलालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एस.पी प्रविन धितालका अनुसार पक्राउ पर्नेमा ४५ वर्षीया आशा राई छिन् ।

उनको साथबाट ६ किलो चरेश बरामद गरिएको प्रहरीले जनाएको छ । दाङको लमही नगरपालिका–१ बस्ने राईलाई चरेश बोकेर भारतर्फ जाँदै गरेको अवस्थामा प्रहरी टोलीले नियन्त्र णमा लिएको हो ।

१२ वटा प्याकेट बनाएर शरीरमा बाँधेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार