• ट्रेण्डिङ :

बल्खु चोकबाट स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ

बल्खु चोकबाट स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ

cnewsnepal

मंगलबार, मंसिर ५ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । प्रहरीले काठमाण्डौंको बल्खु चोकबाट स्रोत नखुलेको रकमसहित दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाण्डौं महानगरपालिका १४ बल्खु चोकबाट स्रोत नखुलेको नगद ४ लाख ९ हजार रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौँ ठमेल डेरा गरी बस्ने चीन घर भएका ३८ वर्षीय झाङ्ग विङ्ग र काठमाडौँ नैकाप डेरा गरी बस्ने बानियाँटार घर भएकी २५ वर्षीया सरिता खड्का रहेका छन् ।

प्रहरी प्रभाग बल्खुका प्रमुख   प्रहरी नायव निरीक्षक शिव निरौलाको कमाण्डमा खटिएको टोलीले  बा प्र ०२(०४४ प २६११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार